भूटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक “दन्किदो भूटान” सार्वजकि

0
210

अर्जुन प्रधान

विगत पाँच दशकबाट भूटानमा प्रतिबन्धित पुस्तक“दन्किदो भूटान” बिहिवार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

 सन् १९५० को दशकदेखि भारतमानिवाँशित जीवन विताएका भूटानी नेता देविभक्त लामीटारेले लेखेको यो पुस्तक १९७० मा  पहिलोपटक भारतमा प्रकाशित भएको थियो । त्यो समयदेखि नै यसको वितरणमा भूटानी राज्य सत्ताले प्रतिबन्ध लगाएको छ ।

अमेरिकास्थित भूटानी पत्रकारहरूको संस्था भूटानमिडिया सोसाईटीले प्रकाशन गरेको यो चौथो तथा परिमार्जित संस्करर्ण पत्रकार विदोद ढुङ्गेलले सम्पादन गरेका हुन ।

“मैले भोटे राजा र राजसंस्थाका विरुद्ध सयौं पत्रहरूलेखेँ दर्जनौ पर्चा निकालेँ,” लेखक लामीटारेलेपुस्तकमा उल्लेख गरेका छन, “जब यो क्रमलेविस्तारै राम्ररो रूप लियो र भूटानभित्र पनि तीपत्रहरूका बारेमा कुरा उठ्न थाल्यो, मैले त्यसपछि एउटा गतिलो किताबको आवश्यकता महसुस गरेँ र दन्किदो भूटान तयार पारेँ ।

साधुको जीवजशैलीमा भूटान स्टेट कांगे्रस को सकृय राजनिति गरेका लामीटारेको २०२२ को फेबरुरीमा ८७ वर्षको उमेरमा भारत मै निधन भएको थियो ।

“यो ऐतिहासि पुस्तकमा हामीले लामो समय खर्चेर अध्ययन गरेका छौ,” सम्पादक ढुङ्गेलले बताए । “लेखकसंग पटक–पटक अन्तर्वाता गरिएको छ । वहाँका छरिएका पारिवारिक श्रोतहरू, सम्बन्धित व्यक्ति तथा संसस्थासम्म पुगेर मात्र यो काम सम्भव भएको हो ।”

यो पुस्तकले भूटानी शरणार्थीहरूको आन्दोलनमा उनीहरूको आवाज बुलन्द वनाउनेमा टेवा पुयाउने भूटान मिडिया सोसाईटीका विद्यापति मिश्रले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here