भूटानी शरणार्थी प्रतिनिधी र गृहमन्त्रालयका अधिकारीहरूबीच  भेटबार्ता  

0
201

अर्जुन प्रधान / सहयात्री ढकाल

अमेरिका

धेरै समयपछिको  अन्योलता लाइ चिर्दै भूटानी टोली अन्तताः आफ्नो समस्यहरू लिएर  गृह मन्त्रालय र राष्ट्र संघिय शरर्णाथी आयुत्तमा दिसेम्बर ७-८ तारिक छ सदस्य टोली सहित पुगेको छ ।

सो भेटबार्ताका क्रममा शरणार्थी प्रतिनिधिमण्डल  गृह मन्त्रालयका उप-सचिव अर्जुन पौडायलको नेतृत्वको टोली बिच गृह मन्त्रालय मै  शरणार्थी सम्बन्धी विभिन्न विषयमा छलफल भएको भूटान पिपल्स पाटीका अध्यक्ष बलराम पौडायलले ग्लोबलपोस्टलाइ  बताउनु भयो । 

उक्त अन्तरक्रियाका क्रममा गृह सचिवज्युसँग भेट्ने समय नमिलेर उपसचिवज्युसँग  भेटेर आफ्नो कुरा राखेको  आफ्ना समस्य , गुनासो   सन्देश कार्यलय सम्म पुर्याउने प्रतिबद्धता जाहेर गरेको कुरा टोली प्रमुख तथा क्याम्प सचिब सन्चाहाङ सुब्बाले बताउदै “शरणार्थीक्याम्पबासीका विभिन्न समस्यलाई उदाहरण सहित प्रस्तुत गर्नुभएको थियो   

सचिबले राखेको क्याम्प भित्रका समस्यहरू- 

  • दर्ताको समस्यः भुटानी शरणार्थी  पुरुष  गैर शरणार्थी  महिला बीच विवाह भइ डिभोर्स भएका महिलाहरूउनीहरूबाट जन्मेका बच्चाहरुको दर्ताको प्रश्न।
  • भुटानी शरणार्थी  पुरुष  गैर शरणार्थी  महिला बीच विवाह भइ पुरुष तेस्रो देश पुनर्वास हुँदा डिभोर्स भएर वा डिभोर्स नभइ क्याम्पमा छुटेका महिलाहरूउनीहरूबाट जन्मेका बच्चाहरुको दर्ताकोप्रश्न।
  • शरणार्थी महिला गैर शरणार्थी पुरुषसँग विवाह गरि रजिस्ट्रेसनमा छुटेकापरिचयपत्रको निम्ति फोटो नखिचिएका  पछि डिभोर्स भइ वा पतिको मृत्यु भएर क्याम्पमा आएर बसेका महिलाहरू  तिनका बच्चाहरू 
  • सेन्सेसमा छुटेर परिचयपत्र नभएकाहरू
  • भुटानी जेलबाट छुटेर क्यम्पमा आइपुगेका भुटानीहरू 
  • नेपालको जेलमा बस्ता बस्तै परिचयपत्र नवीकरण गर्न नपाएका भुटानीहरू 
  • बिना प्रक्रिया क्याम्पमा आइ पुगेका भुटानीहरू।
  • क्याम्पबासीसँग कुनै साइनो नदेखिएका मानिसहरू 

अन्लेखित प्रश्नहरूको उत्तरमा उपसचिबको टोलीले  प्रतिक्रिया दिदै भनेका छन्  “

  • हामीले प्रस्तुत गरेका गुनासोसमस्याहरू टिपोट गरेको  सचिवज्यूसम्म पुर्याउने।
  • अनाधिकृत मानिसको समस्या प्रहरीलाई जानकारी दिनु भन्ने सुझाव 
  • नया दर्ता गर्ने निर्णय नभएको 
  • जेलबाट निस्केका भुटानीहरू दर्तावाल शरणार्थी भएको भए – छलफल गरेर निर्णय लिने।
  • भुटानी जेलबाट रिहा भएका दर्तावाल शरणार्थी भएको भए जिल्ला प्रशासन (आर सी यूमार्फत बुझ्ने 
  • नया दर्ता गरेर परिचयपत्र प्रदान गर्ने सम्भावना देखिँदैन 

 त्यसै गरि खुल्ला छलफलको क्रममा सदस्य हेम गुरागाईले शरणार्थी क्याम्पलाई बस्तीमा रुपान्तरण गरेकोमा ध्यानआकार्सण गराएकाथिए।”यसले भुटानका नेपाली भाषीहरुलाई आप्रवासी बनाउने दुशप्रयासलाई टेवा पुगेको  कुरा बताए।”

त्यसै गरि बिपिपिका अध्यक्ष बलराम पौडयालले २०२१मा १६वर्ष पुगेकाको परिचय पत्रकाबारेमा एक जिज्ञसाको उत्तरमा उपसचिवपौड्यालले सालिने डाटा अप्डेट नभएकोमा आफ्नो गल्ती  स्वईकारेका छन। 

बलराम पौड्यालले “ दर्ता नभएका ४२९ लगायत अन्या शर्णार्थीको दर्ता सम्बन्धी थप जिज्ञासा राख्दा उप सचिबको टोलीले यस बिषयमा केही कुरा नगर्न अनुरोध गरे “। 

यसैबिच तिलक राईले “ प्रकृया नपुर्याइ बसेका  दर्ता नभएका मानिसहरूबाट हुने सुरक्षाका चुनौतीहरूको प्रश्नमा गृहमन्त्रालयका टोली प्रमुखले “ थप अनुसन्धान गर्ने र थप प्रकृर्यको लागी चाँडै सहसचिव नारायण भट्टराईको नेत्तृत्वमा एक टोली क्याम्प  जाने योजना भएको खुलासा गरेका छन् । “ 

टोली सदस्य डा.गोविन्द रिजालले सोध्नु भएको प्रश्नलाइ “पहिला हाम्रो जनसङ्ख्य ठूलो थियो– हामीलाई हेर्ने सङ्घसंस्थाहरु धेरै थिएहामी जाने ठाँउहरू पनि  अहिले हाम्रो अभिभावक नुक्रा (गृहमात्रै हो  हजुरहरूमा हाम्रो व्यवस्थापनभुटानसँगको वार्तादीर्घकालीनयोजना के छन्? भन्दा “ यो प्रश्नको उत्तर दिने स्थानमा छैनौँ– हामी  कार्यान्वयन  गर्ने निकाय मात्रै हौँ। यो  उच्च राजनैतिक नेत्तृत्वकोनिर्णयको कुरा हो र केही समस्यहरू भए लिखितमा पठाउनु होला भनि उपसचिवले उत्तर दिनु भयो । 

आफ्नो प्रतिनिधिमण्डलको तर्फबाट भूटान पिपल्स पाटीका अध्यक्ष बलराम पौड्यालले धन्यवाद ज्ञापन गरेर छलफललाई अन्त्य गरेका थिए। गृह उप सचिब अर्जुन पौड्याल सहित पाँचजना गृह मन्त्रालयका अधिकारी   जना  शरणार्थी प्रतिनिधिमण्डल बिचको छलफल फल्दायीरहेको  पौड्यालले जनाउनु भयो  

उपसचिव अर्जुन पौड्यलको टोलीलाई शरणार्थी क्यम्प सचिव संचहाङ सुब्बा  विपिपि पार्टीका अध्यक्ष बलराम पौड्यालविआरआरसिकाकार्यवाहक अध्यक्ष  तिलक राई ,धनमाया मंगर विआरडब्लुएफका सदस्यहरु हेम गुरागाईडा गोविन्द रिजाल  डा गोपाल शिवकोटी  लगायत संयुक्त  टोलीले अघिलो दिन यि र यस्तै महत्वपूर्ण बिषयमा  यूएनएचआर का नेपाल प्रतिनिधिसगं छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here