स्वदेश फिर्तीको माग गर्दै भुटानी शरणार्थीद्वारा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र पेश

0
155

अमेरिका,२५ मंसिर
नेपालमा अस्थायी बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पुनः स्वदेशफिर्तीको माग गरेका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार पूर्वी नेपालका २ वटा भूटानी शरणार्थी संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई शरणार्थीहरुको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

राष्ट्रिय मेलमिलाप समितिका संयोजक कृष्णवीर तमाङ र भूटान स्वतन्त्र जनमञ्चका महासचिव धनवीर सुब्बाद्वारा जारी विज्ञप्ति पत्रमा हाल झापा र मोरङका शिविरमा रहेर विभिन्न समस्या भोग्दै आएका ६ हजार ५ सय शरणार्थीको स्वदेशफिर्तीको माग गरिएको छ ।

तेस्रो मुलुक नगएर स्वदेश फर्किने आशामा रहेका शरणार्थीहरु दाताको सुविधा कटौतीपछि समस्यामा रहेको उल्लेख गरेका छन् । १५ औं चरणसम्म नेपाल भूटान बार्ता भए पनि स्वदेश फर्किने वातावरणका लागि हालसम्म ठोस निष्कर्ष ननिस्किएकोमा दुःख व्यक्त गर्दै स्वदेश फर्किन प्रतिक्षा गरिरहेकाहरुको मानव अधिकार रक्षाको पहल गर्न नेपाल सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

विज्ञप्तिमा भनिएको छ कि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा समेत सो विषय राखिदिन प्रधानमन्त्री दाहाल प्रचण्डलाई अनुरोध गरिएको गरिएको छ । स्वदेशफिर्तीको ठोस पहल हुननसक्दा हालसम्म अमेरिका लगायत अन्य ८ देशमा १ लाख १३ हजार ५ सय भूटानी शरणार्थी पुनर्वास भएका छन् भने हाल तेस्रो मुलुक पुनर्वासको कार्यक्रम समेत बन्द गरिएको छ । पुनर्वासको लागि तेश्रो मुलुक समेत बन्द भएको हुँदा उनीहरु अत्यन्तै कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here