सांगीतिक क्षेत्रलाई विश्वव्यापीकरणमा जोड’ बामाको वार्षिक साधारण सभा सम्पन्न

0
1347

अर्जुन प्रधान/ सहयात्री ढकाल

पिट्सवर्ग

गत दिसम्बर ९ तारिक शनिवारका दिन बामाको वर्षिक साधारण सभा सम्पन्न भएको छ। पेन्सिलभेनियाको पिट्सवर्ग शहरमा सम्पन्न बामाको वार्षिक साधारण सभामा विभिन्न राज्यबाट करिब ४० देखि ५०जाना स्रष्टहरूको सहभागिता रहेको र त्यसमा बलराम गुरुङको संयोजनमा कार्यक्रम भएको बुझिएको छ।

उक्त कार्यक्रमका सञ्चालक विष्णु रामदामले ग्लोबलपोस्टलाइ बताए अनुसार साधारण सभामा खेम रिजाल उर्फ (उर्जाले )वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको र कोशाध्यक्ष सुचिता गुरुङले आर्थिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नु भएको बताए ।दोस्रो चरणको अन्तर्कृयामा बिशेष गरि बामालाई कसरी अगाडी बडाउन सकिन्छ र सदस्यता कसरी बडाउने भन्ने बिषयमा गहन छलफल भएको कुरा सचिब रामदामले बताए।

बामाका उपाध्यक्ष अर्जुन रसाईलीले जानकारी दिए अनुसार उक्त वार्षिक साधारण सभामा विशेष गरि नेपाली भाषी भुटानी साँगितिक क्षेत्रलाई कसरी विश्वव्यापी करण गर्न सकिन्छ र यसलाई आगामी दिनहरुमा कसरी फराकिलो तरिकाले लान सकिन्छ भन्ने कुरामा छलफलमा जोड दिएको कुरा ग्लोबलपोस्टलाइ बताउनु भयो।

‘यो चुनौती पुर्ण अवस्थामा बामाद्वारा नेपाली भाषा, साहित्य र संगीतलाई कसरी प्रवर्द्धन गर्ने र यसलाई विश्वब्यापिकरण कसरी गर्ने भन्ने विशेष छलफल भयो” रसाइलीले थप प्रस्ट पार्नु भयो ।

त्यसै गरि चरण बजगाईको स्वगत मन्तव्यबाट कार्यक्रम सुरु भएसँगै उक्त साधारण सभामा अग्रज संगितकार रत्न गुरुङ,गायक गायक महेश थुलुङ,गायक छवि न्यौपाने, किशोर शिवाकोटी,बासुरि बाधक सर्बोजित राइ, किरण गजमेर ,ईन्द्रवती क्रिएसनका सुदन राइ लगायत समाजसेवी गणेश प्रधान र दधि सुबेदी आदिको सहभागिता रहेको थियो। त्यसै गरि अन्तरक्रिया कार्यक्रमा भुपु अध्यक्ष बिकास थुलुङ राई ,अग्रज संगितकार रत्न गुरुङ ,बलराम गुरुङ,चलचित्र क्षेत्रबाट नायक केदर उप्रेती,संगितकार अम्बर तुम्बाफो सुब्बाले दुई शब्द राख्नु भएको कुरा सचिव बिष्णु रमादामले बताए।

भुटानी अमेरिकन सांगितिक संघ( बामा )भनेको नेपाली भाषी भुटानीहरुको एक मात्रा सांगितिक सँस्था हो । २०१७मा स्थापना पछि यसले साहित्यिक ,सांकृतिक,खेलकुद तथा फिलिमि क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै यसले विभिन्न व्यक्तित्वहरुको सांगितिक भिडियो र एल्बमहरु बिमोचन गर्दै आएको छ।

अन्त्यमा voice of Nepal session 3का बिजेता गायक किरण गजमेर , गायक अर्जुन रसाईली र किशोर सिवाकोटी लगायतले आफ्नो संगितिक प्रस्तुति दिएका थिए। त्यसपछि उपाध्यक्ष अर्जुन रसाईलीले साधारण सभामा उपस्थिति हुनु भएका सम्पुर्ण कलाकारहरूलाई धन्यबाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here