२०२३ टेककोर्पस्याक २०२३ ह्याकाथन “मा नेपाली भाषी बिद्यार्थी प्रथम ।

0
573

सहयात्री ढकाल

कोलम्बस

टेककोर्पस्याक २०२३मा अप्सना विस्वाले प्रथम पुरुष्कार जितेकि छिन् । विस्वालाइ ओहायो सिनेट प्रेसिडेन्ट र हाउस अफ रिप्रेजेन्टेटिभ्सका अध्यक्ष जेसन स्टीफन्स र जिल्ला ३ को प्रतिनिधि सभा इस्माइल मोहम्मदले संयुक्त रुपमा सम्मान ब्यक्त गरेका छन् ।

नमेम्बर ११मा क्यापिटल ह्युनिभरसिटिको प्रंगणमा सम्पन्न उक्त प्रतियोगिता १२घण्ट सम्म चलेको थियो। करिब दुईसय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिएको कुरा समाजसेवी रोसन ह्युमन बताउछन् । रोसन ह्युमनको जानकारी अनुसार “ प्रतियोगितामा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले वास्तविक संसारको आवश्यकता वा समस्यालाई समाधान गर्ने कार्यमा सबै भन्दा असल मोबाइल एप अप्सनाले सिर्जना गरिन् त्यस अनुरूप “२०२३ टेककोर्पस्याक २०२३ ह्याकाथन “मा कोलम्बस ब्लू फ्लाइटमा प्रथम स्थानको सम्मान प्राप्त घोष्ण हुदां हामी हर्षित भयौ ।

गत दिसेम्बर ६ तरिका बुधवारका दिन अप्सनाको प्रभावशाली उपलब्धिलाई ओहायो सिनेटका अध्यक्ष सिनेटर म्याट हफम्यानले मान्यता दिएका थिए। उक्त सम्मान र पुरुस्कार जिते पछि आफ्ना बाबु प्रसाद गजमेर खुशी व्यक्त गर्दै-“एक अभिभावकको रूपमा धेरै गर्वको क्षण! अप्सनाले ओहायो जिल्ला सिनेटर विलियम पी. डामोर र जिल्ला प्रतिनिधि इस्माइल मोहम्मदबाट टेककोर्पस्याक २०२३ ह्याकाथन विजेतामा उत्कृष्ट उपलब्धिको लागि प्रशंसा र मान्यता प्राप्त गरिन।अप्सना तिमीलाई धेरै धेरै शुभकामना। हामीलाई अझ गर्व बनाउनुहोस्!

धेरै आशिर्वाद छ “ रेनोल्डसर्ग काउन्सिल सदस्य भुवन प्याकुरेलले ग्लोबलपोस्टलाइ “अप्सनाको भाषा, संस्कृति र आस्था भुटानका राजाभन्दा फरक भएकाले उनका आमाबुवा र एक लाख भुटानी नागरिकलाई सन् १९९० मा राजाले हाम्रो देशबाट जबरजस्ती लखेटेका थिए । फलतास्वरूपः आज यो कार्यहरूको साक्षी हामी भइरहेका छौ अमेरिकामा । हाम्रो नानीबाबूहरूलाइ धेरै प्रशंसा दिनु पर्छ र पढाइमा सहायता दिनु नै हाम्रो जिम्मेवारी हो । यो एक उदाहरणीय कार्यको लागि अप्सना बिस्वालाइ धन्वाद छ “ भन्नुभयो ।

अप्सना हाल कोलम्बसमा बस्छिन् र उनी कोलम्बस अल्टेनेटिभ हाई स्कूलमा सोफमोर हुन् उनि भविष्यमा सूचना प्रविधि इन्जिनियर वा मेडिकल डाक्टर बन्ने रहर रहेको कुरा आफन्त बताउछन। अप्सना बिस्वा भुटानकी पूर्व शरणार्थी हुन् जो नेपालको शरणार्थी शिविरमा जन्मिएकी हुन्। उनी सन् २०११ मा आमाबुवासँग बाल्यकालमा अमेरिका आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here