साहित्यिक श्रष्टा लिलबहादुर श्रेत्री स्वीकारोक्ति सिद्धि पुरकारबाट सम्मानित

0
85


भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ बाट सम्मानित गरिएको छ ।

क्षेत्रीलाई आसाम गुवाहाटीस्थित प्रराग कन्टिनेटल सभाहलमा आयोजना गरिएको भव्य समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा साहित्यिक श्रष्टा क्षेत्रीलाई स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले संयुक्त रुपमा उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

साहित्यिब श्रष्टा लिलबहादुर क्षेत्रीले स्वीकारोक्ति दर्शनको माध्यमबाट नेपालीलाई एउटै मालामा उनेर एकले अर्कोको अस्तित्व स्वीकार गर्न पर्ने प्रेरणादायी सन्देश प्रदान गर्दै हिँडेका स्वीकारोक्ति दर्शनमा आबद्ध रही उक्त अभियानलाई निन्तरता प्रदान गर्नु भन्दै अभियान्ताहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साहित्यकार क्षेत्रीले लेखेको बसाँइ र ब्रह्मपुत्रको छेउछाउलगायतका उपन्यास नेपाली भाषीमाझ लोकप्रिय बन्दै आएका छन् ।

उक्त लिलबहादुर क्षेत्री फाउन्डेसनका अध्यक्ष समेत रहेका डा. शिवनाथ शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार एवम् समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, भाषा आयोग नेपालका मातृकाप्रसाद पोखरेल, सिक्किम साहित्य सभाका अध्यक्ष डा. राजकुमार क्षेत्री, साहित्यकारहरु डा. छत्रमान सुब्बा, डा. इन्दुप्रभा देवी, स्वीकारोक्ति फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, गजलकार विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी, दिलिप घिमिरेलगायतका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अमेरिकाबाट संञ्चालित स्वीकारोक्ति फाउन्डेसनले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भर्इ नेपालका विभिन्न स्थानहरु कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुँदै आसामको गुवाहाटीमा पुगेको र सम्मान समारोह अयोजना गरेको हो ।

स्वीकारोक्ति फाउण्डेसनले आफ्नो कार्यतिलिका अनुसार प्रथम दिन नोभेम्बर २३ मा काठमाडौंका विभिन्न स्थानका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी, गरीब, वृद्ध, शारीरिक तथा मानसिक अवस्था कमजोर भएका मानिसहरलाई रातको एक छाक तातो खाना खुवाएका थिए । उक्त भोजन वितरण कार्यमा अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, शुसन माझी, नेत्र आचार्य, खड्ग गजमेर लगायतका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोभेम्बर २४ मा काठमाडौंमा प्रकृतिलाई जोगाउनुपर्छ भन्ने मूल उद्देश्य लिई साइकल र्याली गरी पत्रकार सम्मेलन गरी फाउण्डेनको उद्देश्य र उद्देश्य पूर्तिका लागि गरिने सकारात्मक सोचबारे कर्ण गुरुङले स्प्रष्ट धारणा व्यक्त गरेका थिए ।

स्वीकारोक्ति फाउण्डेसनले नेपालको झापा, बेलडाँगी, धरान, भारतको दार्जिलिङ, सिक्किम लगायतका स्थानहरुमा पनि फाण्डेसनको उद्देश्य पूर्तिका लागि सकरात्मक सोचबारे विभिन्न कार्यक्रममा गरी आफ्ना सकारात्मक धारणा राखेका थिए ।

स्वीकारोत्ति, फाउण्डेसनको विश्व यात्रा २०२३ को समापन भने मंसिर २८ र २९ गते काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गरी समापन गरिने स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here