दुई नेपाली भाषी भुटानी बालिकालाई “२०२३मेयर२०अन्डर२०अवार्डले”सम्मान गरेको छ

0
642

सहयात्री/ कोलम्वस,

गत दिसेम्बार दुई तारिक सम्पन्न ‘२०२३मेयार२०अन्डर २० अवार्ड ‘ नेपाली भाषी दुई बालिकाहरुले हात पार्न सफल भएका छन।

२०२३मेयर २० अन्डर २०बाट पुरस्कार विजेता आफ्नो समुदायमा योगदान गर्ने उत्कृष्ट युवाहरूलाई स्वयम्सेवा र वकालतको अनुकरणीय कार्यहरू मार्फत सम्मान कोलम्वस सिटि छिमेकी विभागबाट गरिएको जनाईएको छ। उक्त सम्मेलनमा विभिन्न समुदायका गरि जम्मा २० जान सम्मानित भएका छन।

यो सम्मेलन प्रतेक वर्ष कोलम्वस शहर छिमेकी बिभागद्वारा हुने गर्छ। २०१० देखि शुरु गरे यता बिभिन्न व्यक्तित्वहरुलाई सम्मन् गरिएको बिझिएको छ। उक्त सम्मेलनमा विभिन्न बिधामा छनोट भएर आएका थिए जस्तै

कला ● विश्वास आधारित सेवा, व्यवसाय ● वरिष्ठहरू, शिक्षा/विद्यालय ● युवा र स्वास्थ्य/स्वास्थ्य आदि । सिर्जना बास्तोलाले आफू सम्मानित भएकोमा खुशी व्यक्त गर्दै भनिन “म धेरै गर्ववन्दित छु र यसले मलाई थप जिम्मेवारी बनाएको छ।’उनि साथै सिर्जनाका अभिभावकहरु पनि खुशी व्यक्त गर्दै भने :हामीले त सोचेका पनि थिएनौँ तर पनि राम्रो काम गर्दा मुल्यंकन भयो ।

अझै राम्रो काम गर्दै जानु भन्ने आशिर्वाद दिन्छौ ।’ बुबाले भन्नु भयो । सिर्जना बाँस्तोला र अदिति प्याकुरेल यी दुई नेपाली भाषी भुटानी समुदायका हुन।उनिहरुले आफ्नो समुदायलाई विभिन्न किसिमले सामाजिक सहयोग गर्दै आएका कुरा देख्नेहरु बताउछन। अहिले सिर्जना बास्तोला Osu University College Neurologistको बिध्यार्थी हुन भने उनि विभिन्न सामाजिक कार्यमा पनि समंलग्न छिन ।

युवाहरुमा देखिएको मानासिक स्वास्थ्यमा बिषयमा गत अगष्ट महिनामा नेपाली भाषीहरुको सँस्था BCCOसँग मिलेर भव्य र सब्य कार्यक्रमको आयोजना गरिको थिईन। साथै, उनि खेलकुद बिधामा पनि उत्तिकै सकृय रहेर समाजलाई सहयोग गरिरहेकी छिन।

Diskaको तर्फबाट गत जुलाईमा भएको US OPEN VIRGENIA अन्डर १८कोटामा एक रजत प्राप्त गरेको कुरा सिर्जनाका बताउनु हुन्छ। अदिति प्याकुरेल नियमित रूपमा रेनोल्ड्सबर्ग सार्वजनिक पुस्तकालयमा स्वयंसेवक गर्छिन। उनीले त्यहाँको पुस्तकालयको उपाधि कमाएकी छिन् । उनी नियमित रूपमा साना-साना बच्चाहरूको लागि गृहकार्य मद्दत गर्छिन्।साथै, उनी पछिल्लो पाँच वर्षदेखि 4H क्लबमा छिन् |

हाल उनी काउन्टी र राज्य 4H कार्यक्रममा नेतृत्वको पदमा छिन्। अदिति रेनोल्ड्सबर्ग टमाटो क्वीन दोस्रो परिचर पनि हुन्। “यो सबै देखेर हाम्रो स्थानीय पुस्तकालयले समितिमा उनको नामलाई प्राथमिकता दियो र सौभाग्यवश उनी धेरै आवेदकहरूबाट प्राप्तकर्ताहरू मध्ये एकको रूपमा छनोट भएको छिन “उक्त कुरा रेनोल्डस्बर्ग सिटि मेम्बर तथा अदितिका अभिभावक भुवन प्याकुरेले ग्लोबलपोस्टलाई बताउनु भयो।

ग्लोबलपोस्टको तर्फबाट कोलम्वस शहर छिमेकी उत्तम अभ्यास सम्मेलन कोलम्बस सिटिद्वारा ‘२०२३ मेयार २०अन्डर२०’ सम्मानित हुने हाम्रा दुई नेपाली भाषी भुटानीहरुलाई हार्दिक शुभकामना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here