इमस्क-डिस्कालाई ट्रोब्लजे ओपन २०२३ टुर्नामेन्टमा दुई स्वर्ण सहित आठ पदक प्राप्त

0
701

अर्जुन प्रधान/अमेरिका

स्लोभेनियामा सम्पन्न ट्रोब्लजे ओपन २०२३ टूर्नामेंटमा टिम ईमस्का-डिस्काले दुई स्वर्ण सहित आठ पदक जितेको छ।

ट्रोब्लजे ओपन टुर्नामेन्टमा युरोपेली मुलुक स्लोभेनियाको एक पुरानो र ऐतिहासिक कराते टुर्नामेंट हो । गत डिसेम्बर दुई तारिखमा सम्पन्न यस खेलमा टिम डिस्का-इमस्काले सयुक्त रुपमा १३ जाना खेलप्रेमिको उपस्थिति थियो । ट्रोब्लजे ओपन २०२३ मा टिम डिस्का-ईमस्काका ५ खेलाडीले विभिन्न कास्य पदकबाट सम्मानित भएको सेन्सि राज बरालले बताउनु भएको छ ।

उक्त ५१ औं ट्रोब्लजे ओपनमा पेन्सिल्भेनियाका भर्नन मंगरले कुमुतेमा एक स्वर्ण र कातामा एक रजत जिते।साथै नाम्साहाङ राईले कातामा एक स्वर्ण जिते यस्तै आयुस तामाङले कुमुते र काता गरि एक एक कास्य पदक जिते।पेन्सिल्भेनियकी बन्दाना राईले कुमुतेमा एक कास्य,ओहायोका रेहन पन्दकले कुमुतेमा एक कास्य र नोर्थ डकोटाकी प्रेलिसा अधिकारले एक कास्य जिते।

डिस्का सोकि रन राईले खेलाडीहरुको प्रतिस्पर्धामा आफु उत्त्साहित रहेको बताउदै भन्नु भयो-“हाम्रा खेलाडीहरुको प्रदर्शन उच्चकोटीको थियो तर पनि केहि प्राविधिक कारणले सोचे जस्तो मेडल प्राप्त गर्न नसकेता पनि हामीले यो युरोपको अन्तराष्ट्रिया खेलबाट धेरै कुरा सिकेर आएका छौ “।

त्यसै गरी डिस्काका कोषाध्यक्ष एवम् त्यस टिमका प्रबन्धक टेक नेपालले पनि आफ्ना खेलाडीहरुले खेल उत्कृष्ट पर्दशन गरेको बताएका छन् । कराते क्लब Trbovlje का अध्यक्ष, Bogdan Simerl को पहल मा, अमेरिकी टोली IMSKA-DISKA USA को सदस्यहरुद्वारा भ्रमण गरिएको थियो उक्त शहरका मेयर म्यागले आफ्नै कार्यकक्षमा बोलाएर स्वगत गरेका थिए ।

उक्त भेटका क्रममा डिस्का सोकी रन राइले मेयर म्यागलाई ढाका टोपी र खादा लागएर सम्मन् गर्नु भएको थियो । त्यसै अनुरूप मेयर म्यागले अन्तराष्ट्रीया खेल्लाडीहरूलाई शहरको परिचय गराउनुका साथै खेलकुद उपलब्धिहरूको बारेमा कुराकानी गरेको कुरा उक्त टोलिका प्रबन्धक सदस्य टेक नेपालले बताउनु भयो

उक्त समारोहमा इमस्का सोकी डा.र वि रागमन, इमस्का प्रशिक्षक जेसन मोर्ने, टोलीका सायक प्रशिक्षक निम लामा, प्रबन्धक सदस्य राज बराल , डिस्का कोच डेनि तमाङ, प्रबन्धक टेक नेपाल लगायत डिस्का खेलाडी र अभिभवकहरुको बाक्लो उपस्थिति थियो ।

डिस्काका तर्फबाट सेन्सेई डेनी तामाङले डिस्काका साना खेलाडीहरुप्रति जुन अभिभावकत्व निर्वाह गर्नुहुने सम्पुर्ण अभिभावकहरुप्रति आभार व्यक्त गर्दै खेलाडीहरुको योगदान र यो सफलताको लागि कृतज्ञता व्यक्त गरेका थिए ।

ड्रुक इन्टरनेशनल सितोर्यो कराते डो नेपाली भाषी भुटानीहरुको खेलकुद संस्था हो । स्थापना पछिको यो पहिलो युरोपियन खेल हो भने यसअघि पाँचौ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छन् । ट्रोब्लजे ओपन ट्रुर्नामेन्टको एकाउन्नौं संस्करणमा कराते खेलकुदमा ८ देश ५९ कल्बका गरी ५२४ खेलाडीको उल्लेखनीय सहभागिता रहेको थियो ।

इमस्का डिस्काको एक सल्लाहकार सस्था हो । यस सस्थाले टेक्निकल फिल्डमा डिस्कालाई सहयोग गर्ने गर्दछ ।

उक्त अन्तराष्ट्रिया कराते प्रतियोगितामा किंजल दुलाल , रेहन पन्दक,आयुस तामाङ, प्रेलिसा अधिकारी, जेस्टिना मंगर,वर्णन मंगर, नाम्साहाङ राई,प्रमान सुब्बा,रोजा तामाङ,अञ्जिला गुरुङ,बन्दना राई र विन्स मंगर साथै उक्त खेलमा स्लोभेनिया, अमेरिका सर्बिया,क्रोयेशिया,, ईटाली, मोन्टेनेग्रो, म्यासेडोनिया र बोस्निया हर्जगोभिना आदि देशको सहभागिता रहेको थियो।

(अन्य समाचार र जानकारीका इमस्का डिस्कालागि सम्पर्क ब्यक्ति सहयात्री ढकाल tula.dhakal@yahoo.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here