समाजसेवी रञ्जित गजमेरद्वारा घरबारबिहीन भएर सडकपेटीमा बस्ने सयौं मानिसलाई भोजन वितरण

0
801

संयुक्त राज्य अमेरिकाको ओमाहा, नेब्रास्का बस्दै आएका परोपकारी मनका धनी समाजसेवी रञ्जित गजमेरले घरबारविहीन भएर काठमाडौंको चिसो सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका मानिसहरुलाई छोरी सोफिया गजमेरको जन्मोत्सवको अवसरमा नोभेम्बर २९ (मंसिर १३ गते) आफ्नै हातबाट राती १२ बजेसम्म भोजन वितरण गर्नुभएको छ ।

अरुको दुःख मेरो दुःख हो भनेर सम्झने समाजसेवी रञ्जित गजमेरले आगामी दिनहरुमा पनि संसारकै सबै भन्दा ठूलो दान भोजन दानमा मेरो साथ सहयोग रहिरहने भन्दै चार वर्षदेखी भोजन सेवाको अभियान चलाउँदै आएका समाजसेवी प्रदिप घिमिरेलाई जानकारी गराउनुभएको छ ।

समाजसेवी गजमेर भन्नुहुन्छः यस्तो मंसिरको चिसोमा खुल्ला आकाशमुनी सिमेन्टको चिसो सडक पेटी, पुलमूनी र ढलको पाइपभित्र भोकभोकै सुतेका मानिसहरु देख्दा म स्तब्ध भएँ । हामीलाई घरभित्र सिरक माथि सरिक खप्टेर सुत्दा त चिसो हुन्छ, उहाँहरु धन्न कसरी बस्नुभएको होला ।

समाजसेवी गजमेरले उहाँहरुलाई कति गाह्रो भएको होला भन्दै सबैलाई कम्तिमा एक दिन भए पनि भोजन सहयोग गरिदन अपिल समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here