भुटानमा ३० बर्ष जेल जीवन विताएका मधुकर मगरलाई नगद सहित सम्मान

0
118

असोज १२/
राजनैतिक बन्दीको रुपमा भुटानी जेलमा ३० बर्ष जेल जीवन विताएर भूटानी शरणार्थी शिविर आएका एक जना भूटानीलाई आर्थिक सहयोग सहित सम्मान गरिएको छ । ३० बर्ष ४ महिना पछि भूटानको केन्द्रिय कारागार चेम्गाङबाट छुटेका मधुकर मगरलाई भूटानी नेता बलराम पौडेल र शिविर सचीव सन्चहाङ सुब्बाले सम्मान सहित नगद २ लाख १२ हजार प्रदान गर्नु भएको छ । भुटानी नेता स्व. डा. भम्पा राईको जिवनी विमोचन कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
भूटानमा राजनैतिक कारण जेलमा परेका मगरलाई छुटाउन पहल गर्ने अन्तर्राष्ट्रिय संस्था जीसीआरपीपीबीले संकलन गरेको नगद रकम प्रदान गरिएको लेखक दिल भूटानीले बताउनु भयो । नेदरल्याण्डमा रहेका पुर्व शरणार्थि राम कार्कीको पहलमा उक्त रकम जम्मा गरिएको थियो ।
भूटानी शरणार्थी शिविर व्यवस्थापनको आयोजनामा भएको कार्याक्रममा प्रथम भूटानी आइडल दावा तामाङ र ८ औं आइडल जंगबहादुर दर्जीले गीत समेत प्रस्तुत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here