प्रथम नेपाली भाषी भुटानी गायक प्रताप सुब्बालाई अमेरीकामा सम्मान

0
133

असोज १६/
सन् १९८० देखी हालसम्म आफैले संगित गरेर रेडियो नेपाल देखि विभिन्न देशहरूमा हुने संस्कृतिक कार्यक्रमहरूमा नेपाली गित गाउदै आएका नेपाली भाषी भुटानीहरूका प्रथम गायक प्रताब सुब्बालाइ अमेरिकामा सम्मान गरिएको छ ।
बन्दनको चिनो नामक गिती संग्रहमा आधीकाम्सं नेपाली भाषी भुटानीहरू मन्त्रमुक्त हुने गर्छन् । उक्त गितको टाइटलमा नक्षेत्र फाउन्डेसनले सुब्बालाइ समान गरेको अर्जुन सुबेदीले जानकारी दिनुभयो । अमेरिकाको रोएल प्यालेस एक्रोनको हलमा सम्पन्न कार्यक्रम बोल्दै सुबेदीले यो नयां पुस्तासम्मा पुर्याउने एउटा सानो प्रयास रहेको र यसखालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर हुने बताउनु भयो ।
कार्यक्रममा भुटानी कलाकारहरू, साहित्यकारहरू, लेखक तथा संगितकारहरूको बाग्लो उपश्थिति रहेको थियो । नक्षेत्र फाउन्डेनको आयोजनामा भएको कार्यक्रममा भुटानीहरूको संगितीक सस्था बामा, भुटानिज कमिटी एसोसिएसन अफ एक्रोनले सहयोग गरेको संगितकार तथा कार्यक्रम निर्देशक अम्बर तुम्बापो सुब्बाले जानकारी दिनु भयो ।
कार्यक्रमलाइ नयां पुस्ताका गायक गायिकहरू सम्झना ओली, किशोर सिवाकोटी, सितल शर्मा, महेश थुलुङ, छवि न्याउपाने, मञ्जु लामा गुरूङ, टेक दुतराजले शुभारम्भ गित गाएका थिए । त्यसैगरी कार्यक्रमको स्वागत मत्नव्य भुटानी पत्रकार तथा इन्द्रवती क्रिएसनका प्रमुख सुदन थुलुङ राइले गर्नु भएको थियो ।
सुब्बालाइ धोस्सा र समान पत्र मार्फत आयोजकका अर्जुन सुबेदी र अम्बर तुम्बापो सुब्बा साथै सह–आयोजकले समामन गरि सुब्बाको एकल साँझ सुरूवत गरेका थिए ।
सुब्बाले आफ्नै संगितमा र स्वारमा रहेको अजर अम्बर गितहरू “बन्दनको चिनो, मंशिरको महिना, मनै मर्यो, तिमी देउ या नदेउ, देखे त तिमीलाइ, कहिले काही मैले, मेरो यो खबर, म पर्खि बसे, मैले कसैलाइ लगायत तिमीलाइ मायाको चिनो “ र अन्या नेपाली र दार्जेलिगका स्रस्टाहरूको गितहरू पनि गाउनु भएको थियो ।
कार्यक्रममा अन्य देशबाट पनि संगितकार तथा गायक किरण रसाइली, जोगेन गजिमेर, भक्त घिमिरे लगाय धेरै लेखक तथा स्रस्टाहरूले शुभकामना सन्देश पठाएको सञ्चालक बिश्णु रामदामले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मनोरथ खनालले आफ्नो समुदयमा ऐतिहासीक कार्यक्रम गरि आफ्नो अभिभावकलाइ सम्मान गर्न पाउदां अतिनै हर्षित भएको बताउनु भयो । नक्षेत्र फाउन्डेसन का सिईओ अर्जुन सुबेदीले सबै सहसोगी कलाकारहरूलाइ मायाको चिनो समेत बितारण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here