असोज १२/
३ दशक सम्म दमकमा शरणार्थी जिवन बिताएर दमकमै निधन भएका भूटानी नेता स्व. डा. भम्पा राईको आत्मा कथा बिमोचन भएको छ । दमकको बेल्डाँगी भुटानी शरणार्थि शिबिरमा आज एक कार्यक्रम गरी स्व. राईको आत्म कथा भम्पाः एक अडान, अनेक प्रश्न नामक पुस्तकको विमोचन गरिएको हो । भूटान पिपुल्स पार्टीका अध्यक्ष भूटानी नेता बलराम पौडेलको प्रमुख आथित्यमा भएको कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुमित्रा वाङदेल ‘चेली’, पुष्तकका लेखक विरेन मगर, बीआरआरआरसीका कार्यबाहक अध्यक्ष लेखक तिलक राई, गोविन्द रिजाल सहितले सामुहिकरुपमा पुस्तक विमोचन गर्नु भएको छ ।
तेस्रो मुलुक पूनर्वास भएका भुटानी शरणार्थिहरुले स्थापना गरेको साहित्यिक संस्था ग्लोबल भूटानिज लिटरेरी अर्गानाइजेशन, स्वीकारोक्ती अभियान सहित ओमप्रकाश अधिकारीको सहयोगमा भएको कार्याक्रममा राईको पुस्तकबारे पत्रकार लेखक तिलक राई, प्राज्ञ सुमित्रा वाङदेल चेली, पत्रकार देवेन्द्रराज भट्टराई, गोविन्द रिजाल लगायतले चर्चा गर्नु भएको थियो । कार्याक्रममा बोल्दै साहित्कार चेलीले भूटानी नेता राई एउटा भूटानी इतिहासको सम्झना गर्न लायक फुल भएको बताउनु भयो । उहाँले राईले दिएको योगदानबारे पुस्तकले बोलेको कुरा भन्दा धेरै योगदान दिएको बताउनु भयो । पुस्तक पढे पछि राईले भूटानी राजनीति र समाजमा खेलेको भूमिकाबारे धेरै जानकारी हुने बताउनु भयो ।
यस्तै पत्रकार भट्टराईले डा. राईको शालिक र स्मृतिबारे अन्य काम गर्न स्थानीय सरकारले समेत चासो दिनु पर्ने बताउनु भयो ।












