प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आफुहरुको मागमा छलफल गर्न भुटानी शरणार्थिहरुको माग

0
154

जेठ १५/
भुटानी शरणार्थिहरुले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई भ्रमणका क्रममा आफुहरुको माग पनि छलफलको बिषय बनाउन आग्रह गरेका छन् । भुटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति भुटानको तर्पmबाट आज प्रेस बज्ञिप्ति प्रकाशित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाको आसन्न भारत भ्रमणका क्रममा आफुहरुको स्वदेश फिर्तिको मागलाई प्रमुखताका साथ छलफल गर्न आग्रह गरिएको हो । 
जनमञ्चका महासचिव धन वीर सुब्बा र मेलमिलाप समितिका संयोजक कृष्ण वीर तामाङ्गले संयुक्त हस्ताक्षर गरेको बिज्ञप्ति प्रकाशित गर्दै आफुहरु आत्मसम्मान पुर्वक स्वदेश फर्कन चाहेको भन्दै आफुहरुको माग भारितय समकक्षि संग छलफल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भएको हो । 
शरणार्थि समस्या समाधनका बिकल्प मध्ये तेस्रो देश पुनर्वासलाई मात्रै प्राथमिकता दिएर भुटानी शरणार्थि समस्या समाधान भएको जस्तो गरिएको भन्दै यसमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाइएको छ । भुटानी शरणार्थिको दिर्घकालीन समाधान भनेका सम्मानजनक स्वदेश फिर्तिनै भएको भन्दै यो विकल्पलाई अघि बढाएर आफुहरुको स्वदेश फिर्ता हुन पाउने अधिकार सुनिश्चित गर्न पनि नेपाल सरकार साथै सम्बन्धित निकायमा अनुरोध गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here