विश्व शरणार्थि दिवसमा आफुहरुको स्वदेशफिर्ति अभियानमा सहयोग गरिदिन युएनएचसिआरलाई भुटानी शरणार्थिहरुको आग्रह

0
146

जेठ ५/
आज विश्व शरणार्थि दिवसको अवसर पारेर भुटानी शरणार्थिहरुले आफुहरुको स्वदेशफिर्ति अभियानमा सहयोग गर्न युएनएचसिआरलाई आग्रह गरेका छन् । भुटानी शरणार्थि स्वदेशफिर्ति समितिको तर्पmबाट नेपालस्थित युएनएचसिआरका प्रतिनिधि क्यारोल स्पानथ वर्मालाई पत्र पठाउँदै स्वदेश फिर्ताको लागि आफुहरुको प्रयासमा सहयोगका लागी आग्रह गरिएको हो ।
समितिका संयोजक कृष्णविर तामाङ र सचिव धनविर सुब्बाले हस्ताक्षर गरेको पत्रमा निर्दोष भुटानी शरणार्थिहरु आफ्नो देश फर्कन अभैm आशावादी रहेको जनाईएको छ । विश्व शरणार्थी दिवसको अवसरमा आफुहरुको मागमा सबै पक्षको सहयोगको अपेक्षा रहेको पत्रमा जनाईएको छ ।
यूएनएचसीआरले भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्नका लागि भुटान सरकारसँग वार्ताको वतावरण बनाउ सहयोग गर्नुपर्ने पत्रमा जनाईएको छ । विगत तीन दशकहरूदेखि भुटानी शरणार्थिहरु शिक्षा, स्वास्थ्य, पिउने पानी र खाद्यवस्तुहरू सहितको क्षेत्रलाई समर्थन गर्ने लालसा र पर्खिरहेका भन्दै युएनएचसिआरले यसमा पनि शरणार्थिहरुलाई सहयोग गर्नु पर्ने आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here