कवि लक्कि राशीको कविता संग्रह चप्पल को बेल्डाँगी शरणार्थि शिबिरमा बिमर्श

0
196

जेठ १३/
कवि लक्कि राशीको कविता संग्रह चप्पल को आज झापा दमकस्थित बेल्डाँगी क्याम्पमा विमर्श गरिएको छ । १८ बर्ष सम्म बेल्डाँगी क्याम्पमा शरणार्थि जिवन बिताएर हाल अमेरीका रहनु भएका कवि राशीले भर्खरै प्रकाशन गर्नु भएको कविता संग्रहको बिभिन्न साहित्यकारहरुका साथै साहित्यानुरागीका बिचमा बेल्डाँगीमा बिमर्श गरिएको हो ।
बेल्डाँगीस्थित द लिटरेरि सोसाइटि अफ भुटानको लाइब्रेरीमा भएको कार्यक्रममा चप्पल कृति माथि बिमर्श गर्दै साहित्यकारहरुले नेपाली साहित्यमा एउटा उत्कृष्ट कृति आएको बताएका थिए ।
जिविएलओले प्रकाशन गरेको चप्पल कविता संग्रहको बारेमा साहित्यकार याम थुलुङले उत्कृष्ट कृति रहेको बताउनुभयो । कार्यक्रममा अर्का साहित्यकार दिल भुटानीले कविताले जिवनका भोगाईहरु बोलेको बताउनु भयो । नेपालमा रहँदा शरणार्थीले भोगेका पिडाको विम्ब रहेको भन्दै उहाँले चप्पल कविता संग्रहले शरणार्थिको कहालिलाग्दो बिगत स्मरण गराउने बताउनुभयो । लेखक साहित्यकार बिरेन मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा शरणार्थि संगै तेस्रो देशका भोगाईहरु समेत रहेको साहित्यकार भुटानीले बताउनु भयोे ।
प्रकाशित संग्रहमा नेपालका ७७ जिल्ला को झल्काउने गरि ७७ वटा छोटा कविताहरु समेटिएको छ । साहित्यकार लक्कि रासि राईको यो तेस्रो कृति हो । यसअघि बदमास, रुवाईसंग्रह २०६९, पुनर्वास गजलसंग्रह २०७२ मा प्रकाशन गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here