कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन ब्यूतियो, राष्ट्रपति पनि कांग्रेसकै

0
137

काठमाडौं। संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निणर्य गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बसेको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निणर्य गरेको हो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिनुभएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन्।  आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निणर्य भएको कांग्रेस उपसभापति पूणर्बहादुर खड्काले बताए। 

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ ।

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

यस्तै नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निणर्य गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले स्रोतले जानकारी दिएको छ ।

शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निणर्य गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here