पूर्वराजाको उद्घोषः देशको अधोगतिमा अब मौन रहन सक्दैन, दल र राजसंस्थाबीच सहकार्य गरौँ

0
214

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन्। 

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले अब नेपालको अधोगतिप्रति अब आफूहरू मौन रहन नसक्ने बताएका हुन्। 

‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील् संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं,’ शाहले जारी गरेको सन्देशमा उल्लेख छ। 

जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन् । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

`देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन´ पूर्वराजाकाे विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here