नेपालबाट थप बिजुली भारत निर्यात गर्ने तयारी सुरु

0
196

काठमाडौं। नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने तयारी सुरु भएको छ । भारतमा जारी नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने छलफल थालिएसँगै थप बिजुली निर्यात गर्ने बाटो खुलेको हो ।

अहिले नेपाल-भारत ऊर्जा सचिवस्तरीय १० औं बैठक भारतको माउण्ट आबुमा जारी रहेको छ । बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरेका छन्।

भारतको नेतृत्व समकक्षी आलोक कुमारले गरिरहनुभएको छ । बैठकमा भारतमा थप बिजुली निर्यात, सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here