काठमाडौं तनावग्रस्तः आन्दोलनकारीले जलाएका प्रहरीको अस्थायी पोष्ट् र गाडी

0
118

काठमाडौं। यातायात मजदुरको आन्दोलनका कारण सोमबार  अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् । प्रहरीसँग झडप हुँदा केही घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । अध्याँरो भइसक्दा पनि आन्दोलन नरोकिँदा सर्वसाधारण मारमा परेका छन् ।

प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर पर्खिरहेकाहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् । हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।

यसैबीच,यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकामा सम्पूणर् यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुर संयुक्त विज्ञप्ति जारी गर्दै सवारी नचलाउने घोषणा गरेका हु्न् ।

फागुन २ देखि सम्पूणर् १० बुँदे मागहरू पूरा नभएसम्म उपत्यकाका सम्पूणर् सवारीसाधनहरु बन्द हुने विज्ञप्तिमा भनिएको छ । उनीहरूले श्रमिकहरूमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरी नियन्त्रणमा लिई कारबाही गर्न माग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here