आफ्नो आकाशमा उडेको अर्को मानवरहित वस्तु खसालेको अमेरिकाको दाबी

0
119

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको दाबी गरेको छ । अमेरिकाले गएको नौ दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको जिकिर गरेको हो । राष्ट्रपति जो बाइडेनले हिजो क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमाथि उडिरहेको शङ्कास्पद वस्तु खसाल्न आदेश दिएका थिए।

अमेरिकी अधिकारीहरूले त्यसलाई मानवरहित र सैन्य खतरा नभएको वस्तु भनेका छन् । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान भइनसकेको बताएका छन् । यसैबीच चीनले बेलुनको विषयलाई लिएर अमेरिकाले अरूको आलोचना गर्नुभन्दा आत्मालोचना गर्न अमेरिकासँग आग्रह गरेको छ ।

आफ्नो मौसमी बेलुन बाटो बिराएर अमेरिकी आकाशमा पुगेको दाबी गर्दै चीनले यस विषयमा अमेरिकाले आत्मालोचना गर्नुपर्ने चीनको भनाइ छ । आज नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले बेलुन खसालेर गल्ती गरेका जिकिर गरे।

उनले गएको वर्ष अमेरिकाले आफ्नो आकाशमा १० वटाभन्दा धेरै बेलुन उडाएको दाबी समेत गरे। अमेरिकाले चिनियाँ बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध तनावपूणर् बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here