अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी

0
215

स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङ सहयोगमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ ।

चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टिम भारत भ्रमणमा छ । नागपुरमा २२३ रनले पछि परेको स्थितिमा दोस्रो इनिङ्स सुरु गरेको अस्ट्रेलिया ९१ रनमा समेटिएपछि भारतले इनिङ्स जित निकालेको हो ।

भारतले तेस्रो दिनमै जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा १७७ रन बनाएको थियो । स्पिनरहरु रविन्द्र जडेजाले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिएपछि अस्ट्रेलिया कमजोर योगफलमा समेटिएको हो ।

उसका लागि मार्नुस लाबुस्चेनले ४९, स्टिभ स्मिथले ३६, पिटर ह्याण्ड्सकोम्बले ३१ र एलेक्स केरीले ३६ रन जोडेका थिए ।

दोस्रो इनिङ्समा अस्ट्रेलियालाई ९१ रनमै समेट्न भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए । मोहम्मद सामी र रविन्द्र जडेजाले २-२ तथा अक्सर पटेलले १ विकेट लिए । अस्ट्रेलियाका स्मिथले सर्वाधिक अविजित २५ रन बनाए । दोस्रो टेष्ट आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here