राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय

0
132

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने भएको छ । शनिबार सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा  सकेसम्म सहमतिको पक्षमा उभिने बताएका हन्।

त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निणर्य गरेको उनले बताए। कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निणर्य लिएको पौडेलले जानकारी दिए। 

अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए। 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताए। स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले गृहमन्त्रालयबारेको विवाद समाधान हुने बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरे। तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिने संकेत गरेका छैनन्। 

यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने  चेतावनी दिएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच विहान छलफल भएको थियो । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद भइरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here