चीनले चार बर्षभित्र ताइवानमा आक्रमण गर्ने अमेरिकाको दाबी

0
167

काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकाले दाबी गरेको छ । चीनका राष्ट्रपतिले २०२७ सम्म ताइवानमाथि आक्रमणको आदेश दिएको सीआईएका निर्देशक विलियम बर्नसले चेतावनी दिएका हुन्।

ताइवानका विषयमा सीको महत्त्वाकांक्षाका लागि कम आँक्न नहुने बर्न्सले बताए। रुसी सेनाले युक्रेनमा गरेको दयनीय प्रदर्शनबाट सी हच्किएको भए पनि ताइवानमाथि आक्रमणको खतरा कायम रहेको उनको भनाई छ ।

सीले चार वर्षको अवधिमा सेनालाई ताइवान आक्रमण गर्न आदेश दिएको अमेरिकाले सूचना पाएको बर्न्सले बताए। रुस र चीनले सीमारहित साझेदारीमा हस्ताक्षर गरेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमले रुसलाई एक्ल्याएको भए पनि रुस र चीनबीचको आर्थिक सम्बन्ध थप गहिरो बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here