माधव नेपालको राजनीतिक प्रतिवेदन: देशलाई सहमतिमा लैजाने जिम्मा प्रधानमन्त्रीको हातमा (पूर्णपाठ)

0
121

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको बताएका छन् । 

शनिबारबाट सुरु भएको केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गरेका हुन् ।

‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं । नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं,’ प्रतिवदेनमा भनिएको छ, ‘संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ ।’

प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको जनाएको छ । अध्यक्ष नेपालले शनिबारबाट सुरु भएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि घमण्ड बढेको र सत्ता भएपनि सत्ता केन्द्रित सोच र फाइदा हुने भएपछि विचार, सिद्धान्त र नीति त्याग्ने हिड्ने प्रवृत्ति प्रमुख भएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here