भारतले नेपाललाई दिने सहयोग घट्यो, अब ८ अर्ब मात्रै पाउने

0
133

काठमाडौं। भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । आज भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात  (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसारको सहयोग नभएको देखिएको छ ।

गत वर्ष ६ अर्ब ८० करोड नेपाली रुपैयाँ मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ । भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्ने गरेको छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गरेको छ ।

आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ । भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here