युक्रेनले ईयूसँग शिखर सम्मेलन गर्ने

0
128

काठमाडौं। युक्रेनले यसै हप्ता राजधानी किभमा युरोपेली युनियन ईयूसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि युक्रेनले ईयूसँग शिखर वार्ता गर्ने भएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी शुक्रबार तय भएको शिखर सम्मेलनबाट ईयूबाट युक्रेनलाई उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित हुने आशा व्यक्त गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुन महिनामा ईयूमा उम्मेदवार राष्ट्रको हैसियत पाएको थियो ।

युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को-को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन । पछिल्लो समय युक्रेनलाई पश्चिमा मुलुकले युद्ध सामाग्री दिन आनाकानी गर्दै आएका छन् । रुसले युक्रेनलाई हतियार दिए ति मुलुकलाई पनि नछोड्ने चेतावनी दिँदै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा एफ-१६ लडाकु विमान पठाउन अस्वीकार गरेका थिए। युक्रेनी अधिकारीहरूले निरन्तर मागिरहे पनि अमेरिकी राष्टपति बाइडेनले लडाकु विमान पठाउन अस्वीकार गरेका हुन्। यसअघि जर्मनीले पनि युक्रेनलाई लडाकु विमान पठाउन अस्वीकार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here