संसदमा रामचन्द्र पौडेलले खोजे राष्ट्रिय सहमति

0
182

काठमाडौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्। उनले शान्ति प्रक्रिया अझै पूणर् भई नसकेको उल्लेख गर्दै टुंगो लगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताए।

उनले भने, ‘देशले अहिले कुशासन भोग्नु परेको अनुभूति हुन्छ। तलदेखि माथिसम्म भ्रष्टाचार विकेन्द्रीकरण भइरहेका छन्। यसलाई रोक्न सबै एकजुट हुन आवश्यक छ। भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा हुनुपर्छ।’

यस्तै पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण समेत दिएका छन्। महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा एमाले विभाजन भएको उनले स्पष्ट पारे।

उनले भने,‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ’ उनले भने ‘त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here