भागबण्डा टुंग्याएर गण्डकीमा थप तीन मन्त्रीले लिए सपथ

0
142

काठमाडौं। गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए।

उनीहरुले मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूणर्ता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका छन्। मन्त्रीहरुको जिम्मेवारी पनि आज नै तोकिएको छ ।

एमालेका रोशन गाहाले आन्तरिक मामिला, सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाए।

माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here