बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प, केही घरहरू भत्किए

0
197

बाजुरा। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।

बाजुराको बडिमालिका नगरपालिकामा दुई घर भत्किएको छ। नगरपालिकाको वडा नम्बर ९ का हर्क गुरूङ र वडा नम्बर ७ का हरिचन्द पाध्यायको घर भत्किएको हो।

मानवीय क्षति केही नभएको प्रहरी प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए। केन्द्र बिन्दु रहेको बिच्छायामा प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए। 

आज बिहानदेखि बाजुरामा बत्ती टेलिफोन छैन उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर पानी परिराछ।

यसैगरी बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन भत्किएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here