निवृति भरणको नयाँ नियमको विपक्षमा लाखौँ फ्रान्सेली विरोधमा उत्रिए

0
361
Demonstrators clash with riot police during a protest against the government of President Dina Boluarte in Lima on January 19, 2023. - Lima was on edge Thursday as thousands of protesters were expected in Peru's capital for an anti-government rally following weeks of unrest that have left 44 people dead. Demonstrators are demanding the resignation of President Dina Boluarte, the dissolution of parliament and immediate fresh elections. (Photo by ERNESTO BENAVIDES / AFP)

काठमाडौं। निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको बिरोधमा फान्सभर विरोध प्रदर्शन भएको छ ।आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भएका हुन् ।

देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २० लाखभन्दा बढी सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका दाबी गरेको छ ।

पेरिसमा मात्र चार लाख प्रदर्शनकारी राष्ट्रपति म्याक्रोँको योजनाको विपक्षमा सडक आन्दोलनमा आएका बताएको छ ।

पेरिसको बास्टिल क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिएभने प्रहरीले पनि ग्रिनेड र अश्रु ग्यास हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।

हिजो प्रदर्शनकारीले रेल सेवा ठप्प पार्नका साथै विद्युत् आपूर्तिमा पनि अवरोध खडा गरेका थिए ।कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here