निष्पक्ष भूमिका र साझा नेतृत्व दिनेछु – सभामुख घिमिरे [सम्बोधनकाे पूर्णपाठ]

0
200

काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो दायित्वप्रति सधैँ सचेत हुने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।

‘करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधिसभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ ।

सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ,’ उनले भने, ‘त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा एमालेसँगको सबै प्रकारको आबद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरिसकेको जानकारी गराउँछु ।’

संसद् प्रतिस्पर्धाको थलो भएकाले नीतिगत बहसका लागि प्रोत्साहित गर्ने उनको भनाई छ । 

सभामुखको सम्बोधन-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here