पिएम कप क्रिकेटः सुदूरपश्चिम प्रदेश र प्रदेश १ फाइनलमा

0
161

काठमाडौं। सुदूरपश्चिम प्रदेश र प्रदेश १  प्रधानमन्त्री कप राष्ट्रिय महिला टी—२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा आज  भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश-१ उपाधि नजिक पुगेको हो । अब प्रदेश-१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । अप्सरी बेगम ९ रनमा अविजित रहिन् ।

काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।

त्यस्तै आजै भएको पहिलो खेलमा मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो ।

सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here