“साँढे दुई वर्षको अवधिमा दई लाख भन्दा बढीलाई खाना खुवाए”

0
435
  • महानगरपालीकले भत्काउदै गरेको अनाधिकृत संराचनले सडक मानवहरुप्रति धेरैमा असर परेको देखिन्छ ।
  • मानवीय जनजीवन तथा स्वास्थयमा पनि केही हदसम्म असर परेको छ । जसका कारण स्वासप्रस्वासमा प्रतिकुल असर परेको स्वास्थकर्मीहरुले बताउँदै आएका छन् ।
  • सरोकारवालहरुको ध्यान उनिहरु प्रति कहिल्यै पनि सकारात्मक रुपमा देखिदैन् ।

कोरोना भाइरसले सिङ्गो विश्व आक्रान्त बनाइरहको सुरुवाती चरण देखी सशक्त रुपमा सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका कुशल लेखक, पत्रकार, प्रष्ट वक्ता एवम् युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ दुःखी गरीबहरुको चर्याएको घाउमा मल्हम पट्टी लगाउन तल्लिन रहेका छन् । लकडाउनका कारण दुःख र पिडामा परेर सडकमा पुगेका व्यक्तिहरुलाई खाना खुवाउन सुरु गरेको उही प्रदिप घिमिरे  ‘अमूल्य’ले हाल सम्म एक वर्षमा झण्डै २ लाख जनालाई खाना खुवाइसकेका छन् । सुरुवाती चरणमा आफ्नै बलबुताले खाना खुवाउँदै आएका घिमिरेलाई पछि–पछि भने स्वदेश तथा विदेशमा आसीन सहयोगी मनहरुलले सहयोग गर्दै आउनु भएको थियो । सबैको साथ र सहयोग पाएका घिमिरेले अहिले पनि अप्ठेरोमा परेर खान नपाएर काठमाडौंका विभिन्न स्थानका सडक पेटी, पुल मुनी, ढलका पाइपभित्र साथै मन्दिर आसपासका सथानहरमा बास बस्न बाध्य भएका दुःखी गरीबहरुलाई रातको समयमा खाना खुवाउँदै आएका छन् । उनै समाजसेवी घिमिरेले गरेको काम र समाजसेवाका बारेमा GLOBALPOSTका सम्बादाता अर्जुन प्रधानसग गरिएको कुराकानीको सम्पादित अंशः

प्रदिप जी तपाइँलाई स्वागत छ ?

– धन्यावाद, यहाँहरु सबैमा स्वीकारोक्ति अभिवादन ।

तपाइँ आफैंले तातो खाना बनाएर कहिले देखी खुवाउन शुरु गर्नु भएको हो ?

– विश्वभर कोरोना भाइरस हावाको वेग सरी तिब्र रुपमा वृद्दि हुँदै गएपछि नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लक डाउन सुरु भएको  एक हप्ता पनि वित्न नपाउँदै त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यका लगायत देशैभर देखिन थालेको थियो । लकडाउनले गर्दा गर्दा हुँदा खाने वर्गहरुको चुलो निभ्न थालेपछि मैले २०७६ चैत्र १६ गतेदेखि सुख्खा नाना लगायत दैनिक अत्यावश्यक खाद्यान्न सामग्री वितरण गर्न थालेँ । चुलो नभएको जो दैनिक मागेर जीवन धानिहरका हरुका लागि चैत्र २९ गतेबाट नियमित रुपमा तातो खाना खुवाउने कार्यको शुभारम्भ गरे थिएँ भने उक्त कार्य तिन वर्षदेखी नियमित रुपमा सञ्चालित छ ।

तपाईंमा कसरी खाना खुवाउने चाहना पलायो ?

– विना तयारी एक्कासी सरकारले गरेको लकडाउनले गर्दा मूख्य रुपमा दैनिक ज्याला मजदूरी गरेर आफ्नो जिवीका चलाइरहेका व्यत्तिहरुको रोजीरोटी गुम्यो । काम नपाएपछि धेरै श्रमिक जब खाना खान नपाएर सडकमै भोकभोकै तड्पिएको आफ्नै आँखाले देखेँ । भोकले आकुल ब्याकुल भएका व्यक्तिहरुको चितकार देखेपछि मलाई रातभर निन्द्रा लागेन । मैले मनमनै भोका पेटलाई कसरी खाना खुवाउन सकिनछ भन्ने सोचें । विहान उठेर नित्य कर्म, पुजापाठ सकेर दिनभर खाने कुराहरुको जोहो गरेँ । बेलुकाबाट आफ्नै कोठाबाट खाना बनाएर काठमाडौंको सेतोपुल, मैतिदेबी, कालिमाटी, बसन्तपुर, असल, इन्द्रचोक, भेडासिंह, बांगेमुडा, क्षेत्रपाटी, डल्लु, ढल्कु, नरदेवी, किलागाल, टेकु, कालीमाटी, कुलेश्वर, पुरानोबानेश्वर, बत्तिसपुतली, गौशला, चाबहिल, बौद्द, जोरपाटी, पशुपति, महालक्ष्मीथान,कोटेश्वर, लगायतका स्थानमा खाना वितरण कार्य सुरु गरेँ ।

० हालसम्म तपाइँले कति जनालाई खाना खुवाउनु भयो, तपाइँसंग यकिन तथ्यांक छ ?

– लकडाउन सुरु भएदेखि हालसम्म झण्डै २ लाख ५० हजार जना जतिलाई भोजन सेवा गराएँ ।

० तपाइँले खाना खुवाउँदा के कस्ता व्यक्तिहरुलाई प्राथमिकतामा राख्ने गर्नुभएको छ ?

– मूख्य गरेर बृद्द, अशक्त, शारीरिक तथा मानसिक विकलाङ्ग भएका व्यक्तिहरु साथै घरवार विहीन बनेर सडक पेटीमा जीवन गुजार्न बाध्य भएका दुःखी गरीब व्यक्तिहरुलाई नै उच्च प्राथमिकतामा राखेर खाना खुवाउने गरेकोछु ।

तिन वर्षसम्म खाना खुवाउँदा तपाइँले के–कस्ता व्यक्तिहरु भेट्नु भयो ?

– आजको मितिसम्म मैले खाना खुवाउने क्रममा त्यस्ता व्यक्तिहरुसँग भेट भयो, जसलाई मैले यस अघिको जीवनकालमा यति धेरै गहन तरिकाले प्रत्यक्ष रुपमा मानिसको सामान्य जनजीवन पहिल्याउन सकेको रहेनछु । अहिले आएर जीवन के हो, जगत के हो भन्य कुराको मलाई प्रत्यक्ष रुपमा अनुभूत भएको छ । बाहिर मुस्कान लिएर हिँडेका मानिस एक छाक खाना खान नपाएर कसरी हिँडिरहेका रहेछन् भन्ने कुरा नजिकबाट नियाल्ने अवसर मिल्यो । एक हप्तासम्म खाना खान नपाएर धोबी खोलाको फोहोर पानी पिएर जीवन मरणको अवस्थामा पुगेका व्यक्ति पनि भेटेँ । घर, परिवार, छरछिमेक, इष्टमित्र, नातागोता बिहीन भएर सडकमा बस्ने कुकुरलाई नै आफ्नो परम मित्र मानेर अत्यन्तै नाजुक जीवन व्यतित गरिरहेका व्यक्तिहरु पनि भेटेँ ।

टाउनेको लुकाउने, बस्ने ठाँउ काँही कतै नभएर पुलमुनी, ढलको पाइपमुनी, चिसो सडक पेटीमा, मठ, मन्दिर, पाटी, पौवा लगायत विभिन्न देवालय तथा शिवालय परिसरमा आश्रय लिएर बस्ने व्यक्तिहरु पनि भेटेँ । कोठा भोडा तिर्न नसकेर घर धनीले निकालेर सडक पेटीमा बास बस्न आउने व्यक्तिहरु पनि भेटेँ । शारीरिक रुपमा अशक्त भएर पनि पीडा लुकाई श्रम गर्ने जेष्ठ नागरिकहरु भेटेँ । कोरोना लागेपछि घर निकाला गरेका जेष्ठ नागरिकहरु भेटेँ । ज्वरोले सिथिल बनाइसक्दा पनि एउटा पारासिटामोलसम्म खान नसक्ने अवस्थाका व्यक्तिहरु पनि भेटेँ ।  एक पेट अन्न खान नपाएर कसैले बढी भएर फोहोरमा फालिएका भातका सिता खोजेर खाने पनि भेटेँ । अन्नको दाना खान नपाएर विष्णुमती खोलाको फोहोर पानी खाँदै गरेको पनि भटेँ ।

कोभिड–१९ को परीक्षण र नतिजा पोजेटिभ आएको रिपोर्ट हातमा बोकेर सरकारी अस्पताल धाउँदा पनि उपचार नपाएका व्यक्ति भेटेँ । कोरोना लागेर पनि उपचार नपाएर मैतिदेवीको सडक पेटीमा बस्न विवस बारा निजगडका सोमबहादुर लामाजस्ता व्यक्तिलाई पनि भेटे । जो मैतिदेवीको सडक पेटीमा समूहमा बस्थे । जसलाई उद्धार गरी उपचार पछि निको भएर घर पठाएँ । घरमा परिवार र छिमेकीले छिछी र दुर्दुर गरेपछि पैदल काठमाडौैं आएका उनीलाई रोजगारीको प्रवन्ध गराई पुर्नस्थापना गराएँ ।

  • नेपाल सरकारले मावन जीवन रक्षाका लागि के कस्ता पहल कदमीहरु चाल्नु पर्ने हो ? के यस्तो कार्यले मानव जीवनको स्वास्थ्यमा कुनै असर पर्दैन ?

मानवीय जनजीवन तथा स्वास्थयमा पनि केही हदसम्म असर परेको छ । जसका कारण स्वासप्रस्वासमा प्रतिकुल असर परेको स्वास्थकर्मीहरुले बताउँदै आएका छन् ।

नेपालीहरुको महान पर्व बडा दशैं शुभ, दिपावली तथा छैट पर्व घर दैलोमा भित्रदै गरेको अवस्थामा नपारपालिकाले चाहेको कदमले सडकलाई नै सबै कुरा ठान्ने वर्गहरुलाई ठूलो असर पारेको छ । फलत धेरै मानिसहरु मानसिक रुपमा विछिप्त हुने अवस्था श्रृजना हुनेमा दुविधा नहोला । कोही मानिस अरुसँग हात फैलाएर खानु भन्दा एक मुठो साग बेचेर म र मेरो परिवार पाल्छु भन्न नपाउने ? के राज्यले बाँच्न पाउने हक अधिकारको सुनिस्चित गर्न पर्दैन ? कानुनी राज्यमा किन यस्तो बर्खिलाप हुँदै गइरहेको छ ।

तपाईंले आजसम्म गर्नुभएको यस्तो परोपकारी सामाजिक सेवाको प्रेरणाको स्रोत चाहिं कसलाई मान्नुहुन्छ ?

– आजको मितिसम्म मैले गरेको सामाजिक सेवामा प्रेरणाको श्रोत प्रथमत भगवानलाई मान्दछु । यो जे गराइरहनुभएको छ भगवानको खेल हो । यो संसारमा जे जति अन्याय, अत्याचार, विक्रिती, विसंगति, हत्या, हिँसा, भ्रष्टाचार र प्रकृतिमाथि मानव जातिले जे जति दोहन गरिरहेको छ यो वास्तवमै खेदजनक छ । भगवानले समय समयमा मानिसलाई चेतना दिइरहनुहुन्छ तर पनि मानिसमा कुविचारले डेरा जमाएर बस्दछ, फलत कालन्तरमा मानिस हरेक कुराको शिकार भएर मर्दछ । यो संसारमा भएका हरेक वस्तुहरु माटो हुन्, संसारमा भएरका  हरेक कुराहरु ढिलो चाँडो माटोमै विलिन हुन्छन् । संसारभर रहेका करिब ७ अरब भन्दा बढी मानिसहरु एक दिन माटोमा विलिन हुन पर्दछ भन्ने मलाई अवगत छ । जति सुकै धन दौलत भए पनि एक दिन सबै छाडेर खाली हात कहिल्यै नउदाउने गरी अस्ताउनुपर्छ भन्ने कुरा मैले बुझेको छु । म को हुँ, म हिजो कहाँ थिएँ, आज कहाँ छु, भोली म कहाँ जान्छु भन्ने कुरा मलाई स्प्रष्ठ ज्ञान छ । त्यसैले म मानव हुनुको नाताले मानवीय कर्म गर्नुपर्छ भन्ने कुराको मलाई ज्ञान भएको हुँदा नै म आजको मितिसम्म परोपकारी कार्य गर्दै आइरहेको छु । त्यसैले समाज सेवामा प्रेरणाको श्रोत भगवानलाई मान्दछु । मेरो अन्तर्मन चलाउने नै उही भगवान हुनुभएकोले उहाँले जे अराउनुहुनछ म त्यही गर्दै आइरहेको छु ।

खाना खुवाउनको लागि आर्थिक पाटो कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

– सुरुवाति दिनहरुमा आफ्नै उपलब्ध श्रोत र साधनहरुलाई उच्चतम उपयोग गरी सानो–सानो समूहलाई आवश्यकता अनुसारको सहयोग सुरु गरें । दिन दिनै पीडितहरुको संख्या बढ्दै जान सुरु भयो । मेरो निरन्तर प्रयासलाई स्वदेश तथा विदेशमा आसीन आफन्तजन, इष्टमित्र, छरछिमेक, साथीभाई र सहयोगी मनहरुले साथ सहयोग दिँदै जानुभएको हुँदा यो कार्यलाई आजको दिनसम्म निरन्तरता दिन सकेको हो ।

तपाइले स्वदेश तथा विदेशमा आसीन विभिन्न व्यक्तिबाट सहयोग पाएको बताउनु भयो, सहयोग तपाईले माग्नु भएको कि उहाँहरुले स्वतस्फूर्त उपलबध गराउनु भएको हो ?

– मैले यहाँलाई पूर्ववत् अवगत गराइसकेको छु । भगवान साँची राखेर जब म पूर्ण मनोभावका साथ यो अभियानमा समाहित भएँ । व्यक्तिगत रुपमा मलाई, मैले गरिरहको कार्य र उक्त कार्यले समाजका विविध पाटाहरुमा पुर्याएको परिणामलाई चस्मदिद आँखाले नजिकैबाट नियाल्नुभएका साथै जान्नुभएका, बुझ्नुभएका व्यक्ति तथा संघ संस्थाले स्वस्फूर्त रुपमा प्राण बचाउने परोपकारी कार्यलाई अपनत्व लिँदै साथ, सहयोग र शुआर्षिवाद दिन थाल्नुभयो ।

स्वदेश तथा विदेशमा आसिन समस्त सहयोगी मनहरुलाई के भन्न चाहनुहुन्छ ?

– परोपकार पूण्यायः भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका दुःखी, गरीब, अशक्त तथा असहाय वर्गले एक पेट अन्न खान पाएपछि भोकले नियाउरो भएर पलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र मेरो अन्र्तहृदयदेखी विशेष नमन गर्दछु । म त केवल साधन मात्रै हुँ ।

आजका दिनसम्साध्य बनेर मेरो यस खाना खुवाउने महान अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद दिनुहुने तमाम सहयोगी मनहरुप्रति म नतमस्तक छु । स्वेदेश तथा विदेशमा आसीन समस्त उहाँहरुको पवित्र साथ सहयोगले यो पुण्य कार्य अहिलेसम्म सम्भव भएको छ । म पुनः उहाँहरुलाई शिर निहुर्याएर हार्दिक नमन गर्दछु । मेरो कर्ममा उहाँहरु दोश्रो भगवनको अवतरामा प्रकट हुनुभयो । उहाँहरुको हात सँधै मेरो शिरमा भइरहोस । उहाहरुको जीवनमा शुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यो अभियान हजुरहरुको पनि हो भन्ने सोचेर अगाडी बढ्नुहुन पनि अनुरोध गर्दछु ।

तपाईं कुनै संस्थामा अवद्ध हुनुहुन्छ ?

– सुरुवाती चरणमा स्वस्फूर्त रुपमा व्यक्तिगत प्रयास यो महाअभियान सञ्चालन गरेको थिएँ । जसमा सहयोगी मनहरुको अत्यन्तै ठूलो साथ र सहयोग रहँदै आएको थियो र छ पनि  । एक वर्षदेखी २३ वर्षदेखी सामाजिक कार्य गर्र्दै आइरहेको भोटुः इन्दिरा समाज कल्याण संस्थामा सचीवको कार्यभार सम्हाल्दै आइरहको छु । 

प्रदिप जी तपाई आफूले आफैलाई कस्तो ब्यक्ति भन्न रुचाउनु हुन्छ ?

– म आफूले आफैंलाई एक साधारण व्यक्ति भन्न रुचाउँछु । सबै मानवका आधारभूत मानवीय आवश्यकता समान हुन्छन् भन्ने कुरा सबैले बुझिदिनुहोस् भन्ने इच्छा राख्दछु । जीवन क्षणिक छ । संसारमा भएका जीवत आत्माहरुले ढिलो चाँडो मात्र हो एक दिन न एक दिन त यो भौतिक शरीर यसै धर्तिमा छाडेर जानु पर्दछ । बाँचुन्जेल असल व्यक्ति बनेर जीवित प्राणीहरुलाई पनि जीवन अस्तित्वको रुपमा स्वीकार गर्ने मनोभाव बनाऊँ यही भन्न चाहन्छु । यो धर्ती मानवको मात्र नभएर सबैको साझा हो, सबै यस धर्तीमा सहज रुपमा बाँच्न पाउनुपर्दछ । सबैको यस धर्तीमा बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गरौं । सबैको जीवन सुन्दर होस, सबैले चयनको स्वास फेर्न सकौं, सबै एक आसपमा मिलेर बसौं, मिलेर बाँचौं यही भन्न चाहन्छु ।

तपाइँलाई सरकारले यो कार्य गरेको भए हुन्थ्यो भन्ने केही लागेको छ ?

– सुरुवाती दिनहरुमा सरकारसँग केही आशा र अपेक्षा नगरेको विल्कुल होइन । किनकी राज्य र सरकार भनेको आम नागरिकहरुको अभिभावक पनि हो । तसर्थ सरकारसंग अपेक्षा राख्नु कुनै अनौंठो कुरा भएन । सरकार भन्नु र व्यक्तिहरु भन्नु नितान्त फरक हुन् । तर, हाम्रो देशमा चाही सरकार चलाउने व्यक्तिहरु राजनेता भएनन् । राजनीति गर्ने राजनीतिकर्मी त भए, तर नेता भएनन् । त्यसैले मेरो विचारमा यो अपेक्षा बालुवामा पानी खन्याए सरी नै भयो । राज्यले गर्नु पर्ने कामहरु नगरेकाले गर्दा जस्ता हजारौं मन पीडितहरुको चर्याएको घाउमा मलम पट्टी लगाउन अघि सर्नू पर्ने अवस्था श्रृजना भयो । सरकारले गरेको भए त हामीले किन यसरी अहोरात्र खटिरहनु पर्दैन्थ्यो । व्यक्तिगत रुपमा भननु पर्दा मैले पनि मानव हुनुको अर्थ बुझ्ने छोटो समयमा अवसर प्राप्त गरे यो मेरो लागि अहोभाग्य हो । समग्रमा सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।

 अहिले तपाइलाई के कुराको आवश्यकता भइरहेको छ ?

– हाल मलाई खाना बनाउने स्थान, खाना वितरण गर्नको लागि एउटा गाडी र आर्थिक सहयोगको आवश्यकता भइरहेको छ । दिन दिनै चिसो बढ्न थालेकोले रातको समयमा पुष माघको समयमा खाना वितरण गर्न जान गरो हुने भएको हुँदा एउटा गाडी सहयोग भए सहजता हुने थियो ।

हिजोआज कति जनालाई खाना खुवाउँदै आउनुभएको छ ?

– हिजो आज पनि सयौंको संख्यामा खाना खुवाउने गरेको छु ।

तपाइँको अभियानमा जोडिन चाहनेहरु कसरी जोडिन सक्नुहुन्छ ?

– भौतिक तथा आर्थिक रुपमा मनकारी व्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुनेछ । साथै मेरो फेसबुकमा: Pradip Ghimire Amulya  https://www.facebook.com/amulya.ghimire/ गएर म्यासेज तथा टेलिफोन 9841141468 मार्फत सहभागी हुन सक्नुहुनेछ । यो अभियान नितान्त यहाँहरुको पनि हो । आफ्नो अभियान सम्झेर गर्नसक्नुहुनेछ । हामी यहाँहरु सबैलाई स्वागत गर्दछौं ।

अन्त्यमा स्वदेश तथा विदेशमा आसीन समस्त महानुभावहरुलाई के भन्न चाहनुहुन्छ ?

– यस विसम परिस्थिति चाँडै अन्त्य होला भन्ने अपेक्षा थियो । अपशोच अहिले पनि अवस्था विकराल छ । पीडितहरुको अवस्था वर्णन गरी साध्य छैन । महंगी दिन दुई गुणा रात चौगुणा बढ्दो छ । सरकार निकम्मा देखिएको छ । आर्थिक अवस्था नाजुक छ । उद्योग कलकारखानाको अवस्था कहालीलाग्दो छ । व्यापार व्यवसाय चौपट छ । वैदेशिक रोजगारीमा हुनुभएका व्यक्तिहरुको अवस्था पनि नाजुक भएको छ ।

स्वदेशमा पनि होटल, पर्यटन, कृषिलगायत समग्र क्षेत्र अस्तव्यस्त भइरहेको छ । बैंक तथा वित्तिय संस्थाहरु दिनानुदिन धरासायी बन्दै गइरहेका छन् । विभिन्न प्रकारका रोगका संक्रमणहरु फैलिरहेका छन् । विभिन्न क्षेत्रमा आवद्द रहेका व्यक्तिहरु पछिल्लो समय सोचे अनुसारको अवस्था नभएकाले डिप्रेसनको शिकार भएका छन् । त कोही आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । यस्तो विसम परिस्थितिका बाबजुत पनि निरन्तर खाना खुवाउने अभियानमा जोडिएर साथ, सहयोग, हौसला, उर्जा, प्रेरणा र आशिर्वाद दिनुहुने समस्त सहयोगी मनहरुलाई शिर निहुर्याएर हार्दिक–हार्दिक नमन गर्दै भोजन सेवा कार्यमा निरन्तर साथ सहयोग र हौसला र आशिर्वाद अपेक्षा गर्दछु । यहाँहरु सबैको जय होस । सेवा नै धर्म हो । आफू पनि बाचौं । अरुलाई पनि बचाऊँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here