गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

0
178

काठमाडौं। गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भए। 

सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए। धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन्।

बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए।  सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here