कांग्रेसको जिकीरः गठबन्धन तोडिनुमा हाम्रो दोष छैन, अवसर केन्द्रित गठबन्धनको आयु लामाे छैन

0
171

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन्।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए। गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको उल्लेख गरे।

प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी पनि गरेका छन्। कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको उनको जिकिर छ ।

त्यस्तै पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति शेर बहादुर देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता महतले नसोचेको परिणाम आए पनि आफूहरु विचलित नहुने बताए।

प्रचण्ड नेतृत्वको सरकारको विश्वासको मत पाउनमै आशंका गरेको कांग्रेसले आफ्नो कमब्याक हुने तर ५ वर्षपछि कि अघि भन्ने हेर्दै जान भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here