नेपाल टी-ट्वान्टी लिगबारे छानबिन गर्न राखेपले बनायो समिति

0
178

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारि नेपाल टी-ट्वान्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ ।

परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।

राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

विदेशी खेलाडीको श्रम स्वीकृती र प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले विज्ञप्तिमा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here