श्रीलङ्कामा फेब्रुअरीमा राष्ट्रव्यापी निर्वाचनको घोषणा 

0
167

काठमाडौं। व्यापक विरोधप्रदर्शनका बीच श्रीलङ्काका राष्ट्रपतिले भागेर राजीनामा दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले आज राष्ट्रव्यापी निर्वाचनको घोषणा गरेको छ ।

महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन् ।

आज निर्वाचन आयोगले एक संक्षिप्त वक्तव्य जारी गर्दै जनवरी १८ देखि २१ सम्म आठ हजारभन्दा बढी काउन्सिलर पदका लागि मनोनयन पत्र खुला रहने र त्यसपछि २८ दिनभित्र मतदान गरिसक्नुपर्ने जनाएको छ ।

सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभावका कारण तत्कालिन राष्ट्रपति गोटावाया राजपाक्षको प्रशासनविरुद्ध व्यापक आन्दोलन भएको थियो ।

त्यसपछि देश छाडेका राजापाक्षलेले राजीनामा दिएपछि ७३ वर्षीय रनिल विक्रमासिङ्घेले राष्ट्रपतिको पद सम्हालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here