नेपाल टी-२०: जनकपुरको पाँचौं र पोखराको तेश्रो जीत

0
343

काठमाडौं। फारवेस्टर्न युनाइटेडलाई ७९ रनमा समेट्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा पाँचौं जित निकालेको छ । जितसँगै जनकपुरले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको नम्तिो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य फारवेस्ट सामु प्रस्तुत गरेको थियो । फारवेस्ट १५.१ ओभरमा अलआउट हुँदै ७९ रनमा सिमित भयो ।

हारसँगै फारवेस्टको प्लेअफ सम्भावना न्यून भएको छ । फारवेस्ट ६ खेलमा पाँच खेलमा हार र एक जितको नतिजासहित २ अंक जोडेर तालिकाको पुुछारमा रहेको छ ।

जनकपुर ७ खेलमा ५ जित र दुई हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको थियो ।काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here