विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्छ: आईएमएफ

0
193

काठमाडौं। सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौँ मानिस प्रभावित हुने बताईन्।

विश्वका तीन प्रमुख अर्थतन्त्र- संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनँको भनाइ छ । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उहाँले सन् २०२२ को तुलनामा नयाँ वर्ष थप कठिन हुने भनाइ राखे।

संयुक्त राज्य अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । युक्रेनी युद्धले थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उहाँको जिकिर छ ।

शून्य कोभिड नीतिका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२२ मा बाँकी विश्वसँग रफ्तार मिलाउन सकेको थिएन । यसले गर्दा आपूर्ति श्रृंखला र व्यापार तथा लगानी प्रवाहमा अवरोध सिर्जना भएको थियो ।

आईएमएफले यो वर्ष विश्व आर्थिक विकासको दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा आर्थिक विकास दर ३.२ प्रतिशत थियो ।

युक्रेन युद्ध, मुद्रास्फितिको दबाब र प्रमुख केन्द्रीय बैंकहरूले बढाएको ब्याजदर लगायतलाई मध्यनजर गर्दै आईएमएफले सन् २०२३ को आर्थिक विकासको दर प्रक्षेपण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here