नेपाल टी-ट्वान्टी लिग: आजका खेलमा जनकपुर र विराटनगरको जित

0
383

काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले ।

जनकपुरका लागि चाडविक वाल्टन र सन्दीप जोराले १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए । फार वेस्टका लागि करण केसीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

त्यसअघि आजै भएको खेलमा विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित निकालेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगरको जित सम्भव भएको हो ।

टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here