आहा ! रारा पोखरा गोल्डकपः आयोजक सहारालाई हराउँदै धरानको विजयी सुरुआत

0
185

काठमाडौं। २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे ।

उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here