प्रचण्ड नेतृत्वको सरकारसंग मिलेर काम गर्न भारत उत्सुक

0
153

काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन्।  

नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए।

मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको बताए। उनले भारत नेपालमा गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here