माघ १० भित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता

0
430

काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउनेछ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । यस सम्बन्धी व्यवस्था संविधानको धारा ९१ मा छ ।

सभामुख निर्वाचित नहुन्जेल प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्। वर्तमान सात दलीय सत्ता गठबन्धनभित्र सभामुख पद नेकपा एमाले र माओवादी केन्द्रले आधा/आधा कार्यकाल लिने सहमति छ ।

सहमति अनुसार प्रधानमन्त्रीमा पनि आलोपालो गर्दा सुरुमा माओवादीले प्रधानमन्त्री लिएका कारण सुरुको सभामुख पद एमालेले लिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here