पुस २५ गते संघीय संसद्‍‌को अधिवेशन आह्वान

0
200

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले २५ गते अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे।

मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here