देउवाको एकलौटीपनाले गठबन्धन भत्किएको शेखर पक्षको निष्कर्ष

0
207

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन ईतर पक्षले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको आज बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निणर्य प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने र देउवासँग फेस गर्ने बिषयमा आज छलफल भएको छ ।

पार्टी सभापति देउवाले यहि पौष २२ गते बस्नेगरि केन्द्रीय समिति बैठक बोलाएका छन्। त्यसअघि नै आफ्नो समूहको भेला बोलाउने पनि शेखर पक्षको तयारी छ ।

सो समूहले पार्टीको बिशेष महाधिवेशनको माग गर्दै देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here