नेपाल टी–२० :  जनकपुर र फार वेस्ट युनाईटेडकाे जित

0
130

काठमाडौ । चादविक वाल्टनको उतकृष्ट ब्याटिङमा विराटनगरलाई ५ विकेटले हराउँदै जनकपुरले जारी नेपाल टी–२० लिगमा रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा विराटनगरले दिएको १४१ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

१४ ओभरको समाप्तिमा ७०/४ को अवस्थामा रहेको जनकपुरको इनिङ उकासेका वाल्टनले सानदार जित दिलाए । उनले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ६९ रनको इनिङ खेले । कप्तान ट्रेभोन ग्रिफ्तले २१ बलमा ३ चौका र १ छक्कासहित २५ रन, सरार्फुदिन असरर्फ २३ रन जोडे ।

विराटनगरको बलिङमा हुसेन टलत, नन्दन यादव, रजिन ढकालले समान एक विकेट लिए । यसअघि, टस जितेर ब्याटिङ थालेको विराटनगर एक बल बाँकी रहँदा अलआउट हुँदै १४० रनको योगफल तयार गरेको थियो । बिराटनगरको ब्याटिङमा ओपनर अर्जुन साउद १८ रन जोडेर पभेलियन फर्कँदा अर्का ओपनर गौरान्सु शर्मा गोल्डेन डक आउट भएका थिए ।

पहिलो खेलमा बिराटनगर लुम्बिनी अलस्टार्ससँग २ रनले पराजित भएको थियो । भने जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको थियो । जनकपुरले अर्को खेलमा मंगलबार काडमाडौं नाइट्ससँग खेल्नेछ । भने, विराटनगरले बुधबार पोखरासँग खेल्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो । ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए । काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १\१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए । फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २र२ तथा शेर मल्लले १ विकेट लिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here