निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो परिणामसहितको प्रतिवेदन

0
113

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

यो चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० जना निर्वाचित भएका छन् ।

पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने आयोगको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here