कङ्गो बाढीपहिरोः एक सय जनाको मृत्यु

0
172

भारी वर्षाका पछि आएको बाढीपहिरोमा परी कङ्गोमा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । अन्य कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताए।

प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरोमा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आँकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताए। झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिरोबाट धेरै प्रभावित भएका छन् ।

घरहरू डुबेका छन् भने सडक भत्किएका छन् । गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताउनुभयो । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढीपहिरोमा परी ३२ जनाले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here