पेरुमा एक महिने संकटकाल

0
117

काठमाडौं। दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ। महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक संकट नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो।

रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारनिलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गरेका हुन्। सडक अवरुद्ध गर्ने वा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशव्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशव्यापी प्रदर्शन भड्किएको थियो। बामपन्थी राष्ट्रपति क्यास्तिोलाका समर्थकहरुले ताजा जनादेशका लागि चुनाव र आफ्ना नेता क्यास्तिलोको रिहाइएको माग गर्दै सडक प्रद्यर्शन गर्दै आएका थिए।

गत साता पेरुको संसदको ठूलो बहुमतले क्यास्तिलो विरुद्धको महाअभियोग पारित गर्दै उनलाई पदबाट हटाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here