गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ दल सहमत

0
167

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ ।

गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आजको बैठकमा सरकार निर्माणको प्रकृया तथा आगामी समिकरणबारे भने कुनैपनि छलफल भएन । गठबन्धन पनि कायम राख्ने र अरु दलहरुसंग पनि सरकार गठनका लागि ढोका खुला राख्ने माओवादीको निणर्यले नेपाली राजनीतिमा तरंग ल्याएको थियो ।

नेकपा एमालेले पनि सरकार गठनका लागि विगतका गल्ति भुलेर माओवादी र एकीर्कत समाजवादीसंग पनि तालमेल हुु नससक्ने संकेत गरिसकेको छ ।

यता सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरेका छन् । बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि बोल्दै उनले अब बन्ने सरकार गठबन्धनकै हुने तर त्यहाँ अरू दल पनि सहभागी हुने बताए।

नेतृत्वको विषयमा अहिल्यै भन्न सक्ने अवस्था नभएको प्रस्ट पार्दै उनले समानुपातिकको परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here